Friday, June 19, 2026
spot_img

रेडमीले ल्यायो दुई वटा नयाँ स्मार्ट वाच, यस्ता छन् विशेषता र मूल्य

spot_img
spot_img

शाओमीको सह–ब्रान्ड रेडमीले रेडमी वाच ५ एक्टिभ र रेडमी वाच ५ लाइट (जीएनएसएससहित) बजारमा ल्याएको छ । यी दुबै मोडलहरूले लामो समय टिक्ने ब्याट्री, बलियो संरचना र स्वास्थ्य तथा फिटनेस निगरानीका विस्तृत सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार रेडमी वाच ५ एक्टिभ रु. ४,९९९ मा उपलब्ध छ, जसमा २ इन्चको उज्यालो डिस्प्ले छ, जसले सूर्यको प्रत्यक्ष प्रकाशमा पनि स्पष्ट देखिन्छ । यसमा १८ दिनसम्म टिक्ने ब्याट्री क्षमता छ, जसले गर्दा लामो यात्रामा निस्किनेहरूका लागि निकै उपयोगी छ । थप रूपमा, यसमा भ्वाइस कमाण्डमार्फत चल्ने एलेक्सा सुविधा, १४० भन्दा बढी खेल मोडहरू र धातुको मजबुत संरचना जस्ता विशेषताले यसलाई विश्वसनीय बनाएको कम्पनीले जनाएको छ।

प्रिमियम मोडलका रूपमा रहेको रेडमी वाच ५ लाइट भने  रु. ७,४९९ मा उपलब्ध छ । कम्पनीका अनुसार यसमा रहेको जीएनएसएस प्रविधिले पाँचवटा स्याटेलाइट नेटवर्कसँग एकैपटक जोडिन सक्ने भएकाले स्थान ट्र्याकिङ अझै सटीक हुन्छ । १.९६ इन्चको एमोलेड डिस्प्ले, डुअल–माइक्रोफोन सेटअप, ५एटीएम पानी प्रतिरोध र १५० भन्दा बढी वर्कआउट मोडहरूले यसलाई फिटनेसप्रेमी र साहसिक यात्रुहरूका लागि उत्कृष्ट विकल्प बनाउने कम्पनीले जनाएको छ।

यी दुई मोडलले स्मार्टवाच बजारका प्रायः देखिने समस्याहरूलाई समाधान गर्ने प्रयास गको कम्पनीले उल्लेख गरेको छ । कम्पनीले भनेको छ ‘लामो समय टिक्ने ब्याट्रीले बारम्बार चार्ज गर्ने झन्झट हटाउँछ, उन्नत जीपीएस वा जीएनएसएस प्रणालीले सहरी वा ग्रामीण दुबै क्षेत्रमा भरपर्दो नेभिगेसन दिन्छ, र बलियो संरचनाले लामो समयसम्म प्रयोग गर्न सकिने विश्वास दिलाउँछ ।’

रेडमीका यी स्मार्टवाचहरू केवल प्रविधि प्रदर्शनका लागि मात्र नभई व्यावहारिक प्रयोगका लागि डिजाइन गरिएको कम्पनीले उल्लेख गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...

जबर्जस्ती कर्जा प्रवाह गरेर उद्यमी वा व्यवसायी जन्माउन सकिँदैनः गर्भनर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले ऋणीहरुलाई सबैतिरबाट...

प्राइम कमर्शियल बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

शेयर लगानीकर्तालाई अनुसन्धानमा तानिन्छौँ कि भन्ने त्रास भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शेयरबजारका केही लगानीकर्तामा भय त्रास...

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको...
spot_img