Friday, June 19, 2026
spot_img

नेपाल भित्रियो मलेसियाली ब्राण्डको सनबिम तेल

spot_img
spot_img
नेपाली बजारमा सनबिम ब्रान्डको सनफ्लावर तेल भित्रिएको छ । उपभोक्तालाई गुणस्तरीय खानेतेल उपलब्ध गराउन शाइन नेपाल ट्रेडिङ कम्पनी प्रालिले सनबिम ब्रान्डको सनफ्लावर तेल भित्र्याइएको जनाएको छ ।

सनबिम खानेतेल उत्पादनका लागि अग्रणी मुलुक मलेसियाको ख्यातिप्राप्त अन्तर्राष्ट्रिय ब्रान्ड हो । सोमबार राजधानीमा आयोजित समारोहमा सनबिम ब्राण्डका सनफ्लावर तेल बिक्री सुरु भएको कम्पनीका प्रबन्ध निर्देशक बरुण लोहियाले जानकारी गराए ।

लोहियाका अनुसार सनबिम तेल एस. डी. गुथ्री मलेसियाबाट उत्पादन भएको हो ।  जुन विश्वकै ठूला खाद्यान्न तेल उत्पादकहरूमध्ये एक हो ।  सनबिम ब्राण्डको तेललाई नेपाली बजारमा नम्बर एक बनाउने आफूहरुको लक्ष्य रहेको उनको भनाइ छ ।

सनबिम सिंगापुरमा पहिलोपटक सनफ्लावर तेल ल्याउने ब्रान्डको रूपमा चिनिन्छ । यसले सनफ्लावर, क्यानोला, मकैको तेल (कर्न आयल), राइस ब्रान र नरिवल जस्ता प्राकृतिक स्रोतबाट उत्पादन गरिएका विभिन्न प्रकारका खाने तेलहरू उत्पादन गर्दछ ।

यी तेलको प्रयोगबाट खाना पकाउने स्वाद, बनावट, पोषण र गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने कम्पनीले जनाएको छ । विश्वकै ठूलो कम्पनीबाट नेपालमा गुणस्तरीय तेल आयात गर्ने शाइन नेपाल ट्रेडिङ लोहिया ग्रुप अन्तर्गतको कम्पनी हो ।

संसारका ९० भन्दा बढी देशमा उपस्थिति रहेको एस. डी. गुथ्रीको दिगोपन र गुणस्तरप्रति प्रतिबद्धता अब नेपाली भान्सासम्म आइपुगेको प्रवन्ध निर्देशक लोहियाले बताए । शाइन नेपाल ट्रेडिङले नेपालभरि विश्वस्तरीय एफएमसीजी  सामग्रीहरूको आयात र वितरण गर्दै नेपाली उपभोक्तासमक्ष उत्कृष्ट उत्पादन पुर्याउने प्रतिबद्धता जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...

जबर्जस्ती कर्जा प्रवाह गरेर उद्यमी वा व्यवसायी जन्माउन सकिँदैनः गर्भनर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले ऋणीहरुलाई सबैतिरबाट...

प्राइम कमर्शियल बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

शेयर लगानीकर्तालाई अनुसन्धानमा तानिन्छौँ कि भन्ने त्रास भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शेयरबजारका केही लगानीकर्तामा भय त्रास...

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको...
spot_img