भारतको चर्चित सफ्ट ड्रिंक ब्राण्ड क्याम्पा नेपालमा भित्रिएको छ । भारतमा मुकेश आम्दानीको रिलायन्स इन्डस्ट्रिजले क्याम्पा उत्पादन तथा बिक्री गर्दै आएको छ। यसले भारतमा कोकाकोला र पेप्सी जस्ता अन्तराष्ट्रिय कम्पनीलाई कडा टक्कर दिदै आएको छ।
अब भने क्याम्पा नेपालमा पनि भित्रिने भएको हो। चौधरी ग्रुप र रिलायन्सको संयुक्त लगानीको कम्पनी ‘सिजी रिलायन्स वेबरेज प्रालि’ ले क्याम्पालाई नेपालमा उत्पादन तथा बिक्री गर्ने भएको हो। कम्पनीले आज यसबारे औपचारिक जानकारी दिदै छ।
क्याम्पा उत्पादनको लागि ‘सिजी रिलायन्स वेबरेज प्रालि’ ले मकवानपुरमा रहेको भेन्टुरा बोटलर्स कम्पनीको जमिन र उद्योग खरिद गरिसकेको छ। सो कम्पनीले आरसी कोला उत्पादन गर्दै आएको थियो।













