Friday, June 19, 2026
spot_img

नेपालको आफ्नै मोबाइल बनाउन लागेको ‘एयर मोबाइल’द्वारा डिलरको खोजी

spot_img
spot_img

नेपालको आफ्नै मोबाइल फोन ब्राण्ड उत्पादन गर्न लागेको एयर मोबाइलले देशब्यापी रुपमा डिलरको खोजी तीव्र पारेको छ । कम्पनीले अहिले डिलर आवश्यकता सम्बन्धि सूचना प्रकाशित गरेरै डिलर बन्न इच्छुकलाई आह्वान गरिरहेको छ ।

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक आनन्द शर्माले नेपाल र भारतीय बजारमा डिलर बन्न इच्छुक कम्पनी तथा फर्महरुलाई सूचनामार्फत आह्वान गरिएको जानकारी दिएका छन् ।

अहिले एयर मोबाइलले मोबाइल एसेसिरिज बनाइरहेको छ । कम्पनीले अहिले डाटा केवल, स्मार्ट वाच, पावर बैंक, चार्जर, हेड फोन, एयरपड, नेकब्याण्ड, एयर फोन, ब्लुतुथ स्पिकर, एडप्टर, अक्स केवल र मोबाइल स्ट्याण्ड उत्पादन गर्दै आएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक शर्माका अनुसार एयर मोबाइलले आफ्ना मोबाइल एसेसिरिजमा ६ महिनाको वारेन्टी दिँदै आएको छ । एयर मोबाइलको नाममा मोबाइल पनि आउने बताइएको छ ।

यसैगरी, कम्पनीले अबको केही महिनामै स्मार्ट फोन ब्राण्डसमेत लन्च गर्ने तयारी तीव्र पारेको छ । बाराको कलैयामा प्लान्ट राखेर मोबाइल फोन उत्पादनको काम अघि बढेको र आगामी आर्थिक वर्षको सुरुवातबाटै मोबाइल लन्च हुने कम्पनीले जनाएको छ ।

अहिले नेपालका पूर्वदेखि पश्चिमबाट र भारतीय बजारबाट समेत डिलर बन्न इच्छुक कम्पनी, फर्म तथा पसलहरुले चासो देखाइरहेको र डिलर नियुक्तिको क्रम पनि सुरु भइसकेको कम्पनीले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...

जबर्जस्ती कर्जा प्रवाह गरेर उद्यमी वा व्यवसायी जन्माउन सकिँदैनः गर्भनर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले ऋणीहरुलाई सबैतिरबाट...
spot_img