Friday, June 19, 2026
spot_img

गोल्डस्टारले पायो ‘इन्डियन स्ट्याण्डर्स’, भारतमा निर्यात खुल्यो

spot_img
spot_img

नेपाली जुत्ता चप्पल ब्राण्ड गोल्डस्टारले भारतीय सरकारबाट ‘इन्डियन स्ट्याण्डर्स’ प्राप्त गरेको छ । यसअघि पनि भारतमा निकासी हुँदै आएकोमा भारतीय सरकारले ‘ब्यूरो अफ इन्डियन स्ट्याण्डर्ड’ (बीआईएस) अनिवार्य गरेपछि गोल्डस्टार जुत्ता चप्पलको निकासी रोकिएको थियो ।

तर, अहिले गोल्डस्टारले बीआईएस प्राप्त गरेको र भारतीय बजारमा माग अनुसार जुत्ता चप्पल पठाउने तयारी गरिएको किरण सुज म्यानुफ्याक्चर्सकी प्रबन्ध निर्देशक विदूषी राणाले जानकारी दिइन् । उनका अनुसार गोल्डस्टारले पहिलोपटक भारतबाट ‘ब्यूरो अफ इन्डियन स्ट्याण्डर्ड’ प्राप्त गरेको हो ।

‘यसअघि जुत्ता चप्पलमा बीआईएस अनिवार्य थिएन, अहिले भारतीय सरकारले अनिवार्य गरेपछि हामीले आवेदन दिएका थियौँ, भारतीय पक्षले हामीलाई बीआईएस प्रदान गरिसकेको छ’ राणाले भनिन्, ‘अब भारतीय स्ट्याण्डर्ड प्राप्त भएपछि हामीलाई पनि थप सजिलो भएको छ, भारतीय बजारमा उपस्थिति बढाउन पनि मद्दत पुग्ने विश्वास लिएका छौँ ।’

भारतमा गोल्डस्टारको वार्षिक १५० करोड रुपैयाँ बराबरको बजार रहेको उनको भनाइ छ । उनका अनुसार विगतमा भारतमा गोल्डस्टारले वार्षिक ३०० करोडसम्म ब्यापार गथ्र्यो ।

भैरहवास्थित उद्योगबाट जुत्ता चप्पल उत्पादन गरेर भारतीय बजारमा पठाइने प्रबन्ध निर्देशक राणाको भनाइ छ । उनका अनुसार विशेष आर्थिक क्षेत्र (सेज) भित्र पनि उद्योग राख्ने योजनामा कम्पनी छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...

जबर्जस्ती कर्जा प्रवाह गरेर उद्यमी वा व्यवसायी जन्माउन सकिँदैनः गर्भनर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले ऋणीहरुलाई सबैतिरबाट...
spot_img