डोल्पामा ‘कर्णाली अन्तराष्ट्रिय भिलेज फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ । चोया डिजिटल सोलुसनको आयोजनामा फेस्टिभल हुन लागेको हो ।
आयोजकले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।
आयोजकका अनुसार भदौ २ गतेदेखि ५ गतेसम्म ‘गाउँ गाउँमा नेपाली सिनेमा, गाउँ गाउँमा पर्यटक’ भन्ने नारासहित कर्णाली प्रदेशको डोल्पा जिल्लामा चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो ।
फिल्म फेस्टिभलले नेपाली चलचित्र पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास लिइएको छ । कार्यक्रममा उपस्थित वक्ताहरूले कर्णाली प्रदेशको प्राकृतिक सौन्दर्यलाई विश्वमाझ पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
चोया डिजिटल सोलुसन प्रा.लि. का अध्यक्ष राजकुमार सिलवालका अनुसार कर्णाली प्रदेशमा उत्कृष्ट गन्तव्यहरु रहेकाले तिनलाई चलचित्र छायाङ्कनका गन्तव्यका प्रचारप्रसार गरिनेछ ।