Sunday, June 14, 2026
spot_img

सरकारले ६० अर्ब भूक्तानी नदिएको निर्माण व्यवसायीहरुको गुनासो

spot_img
spot_img

निर्माण व्यवसायीहरुले सरकारले ६० अर्ब भूक्तानी दिएको र जसका कारण बजारको ‘सप्लाइ चेन’ नै बिग्रिएको बताएका छन् ।

निर्माण व्यवसायी महासंघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा बजारको ‘सप्लाई चेन’ प्रभावित भएको र निर्माण उद्योग धराशायी बनेको बताएको हो ।

महासंघले चालू आयोजनाहरूको निर्माण कार्यमा बजेट अपुग तथा निकासा नभएको कारण करिरब २० अर्ब रुपैयाँ भुक्तानी हुन नसकेको जनाएको छ । त्यस्तै, सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधन पश्चात् म्याद थप भएपछि राज्यले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व करिब ४० अर्ब रुपैयाँ पनि बाँकी नै रहेको महासंघको भनाइ छ ।

आफूले दिनुपर्ने ठूलो पैसा भूक्तानी नदिएको तर व्यवसायीलाई कालोसूचीमा राख्ने क्रम बढाइएको भन्दै महासंघले यसबाट निर्माण व्यवसायीहरुमा गम्भिर मनोवैज्ञानिक निराशा बढेको र केही व्यवसायीले आत्महत्या समेत गरेको बताएको छ ।

सरकारी कार्यालयबाट भुक्तानी नपाएकै कारण डडेलधुराका निर्माण व्यवसायी डम्बरदत्त भट्ट ९सन्तोष०ले असार १५ गते शनिबार आत्महत्या गरेको महासंघको भनाइ छ ।

ठूलो रकम भुक्तानी नहुँदा व्यवसायीहरू मानसिक रुपमा विक्षप्त हुन पुगेको तर्फ बेलैमा ध्यान दिन भनिएपनि सुनुवाई नभएको महासंघका महासचिव रोशन दाहालले बताए ।

तर, असार १४ गते शुक्रबारदेखि अर्थ मन्त्रालयबाट रकमान्तर र थप बजेट भुक्तानी सम्बन्धी कुनै पनि फाइल अगाडि बढ्न सकेको छैन ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानकाे नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका...

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...
spot_img