सरकारले ६० अर्ब भूक्तानी नदिएको निर्माण व्यवसायीहरुको गुनासो

spot_img

निर्माण व्यवसायीहरुले सरकारले ६० अर्ब भूक्तानी दिएको र जसका कारण बजारको ‘सप्लाइ चेन’ नै बिग्रिएको बताएका छन् ।

निर्माण व्यवसायी महासंघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा बजारको ‘सप्लाई चेन’ प्रभावित भएको र निर्माण उद्योग धराशायी बनेको बताएको हो ।

महासंघले चालू आयोजनाहरूको निर्माण कार्यमा बजेट अपुग तथा निकासा नभएको कारण करिरब २० अर्ब रुपैयाँ भुक्तानी हुन नसकेको जनाएको छ । त्यस्तै, सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधन पश्चात् म्याद थप भएपछि राज्यले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व करिब ४० अर्ब रुपैयाँ पनि बाँकी नै रहेको महासंघको भनाइ छ ।

आफूले दिनुपर्ने ठूलो पैसा भूक्तानी नदिएको तर व्यवसायीलाई कालोसूचीमा राख्ने क्रम बढाइएको भन्दै महासंघले यसबाट निर्माण व्यवसायीहरुमा गम्भिर मनोवैज्ञानिक निराशा बढेको र केही व्यवसायीले आत्महत्या समेत गरेको बताएको छ ।

सरकारी कार्यालयबाट भुक्तानी नपाएकै कारण डडेलधुराका निर्माण व्यवसायी डम्बरदत्त भट्ट ९सन्तोष०ले असार १५ गते शनिबार आत्महत्या गरेको महासंघको भनाइ छ ।

ठूलो रकम भुक्तानी नहुँदा व्यवसायीहरू मानसिक रुपमा विक्षप्त हुन पुगेको तर्फ बेलैमा ध्यान दिन भनिएपनि सुनुवाई नभएको महासंघका महासचिव रोशन दाहालले बताए ।

तर, असार १४ गते शुक्रबारदेखि अर्थ मन्त्रालयबाट रकमान्तर र थप बजेट भुक्तानी सम्बन्धी कुनै पनि फाइल अगाडि बढ्न सकेको छैन ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...