Thursday, March 12, 2026

अन्तराष्ट्रिय क्रिकेट बरियतामा दिपेन्द्र सिंह ऐरीले कोहली, हार्दिक, र रोहित शर्मालाई पछि पारे 

spot_img
spot_img

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले टि २० तर्फको नयाँ बरियता सार्वजनिक गरेको छ । हिजो मंगलबार सार्वजनिक बरियतामा नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले नयाँ किर्तिमान कायम गरेका छन् ।

अलराउन्डर तर्फ ऐरी ३ स्थान माथि उक्लिएर छैठौ स्थानमा पुगेका छन् । यस क्रममा उनले भारतका अलराउन्डर हार्दिक पान्ड्यालाई पछि पारेका छन् । पान्ड्या ७ औ स्थानमा छन् ।

अलराउन्डरको सुचीमा कुशल मल्ल एक स्थान तल झरेर ३६ औ स्थानमा छन् । रोहित पौडेल ११ औ स्थान माथि उक्लिएर ५५ औ स्थानमा छन् । गुलशन झा ६ स्थान तल झरेर ६७ औ स्थानमा पुगेका छन् । कुशल भुर्तेल ४३ औ स्थान माथि उक्लिएर ६९ औ स्थानमा पुगेका छन् । र करण केसी ६ स्थान तल झरेर ७५ औ स्थानमा छन् ।

ब्याटिंग तर्फ ऐरी ५ स्थान माथि उक्लिएर ४६ औ स्थानमा पुगेका छन् । यस क्रममा उनले भारतका कप्तान रोहित शर्मा र ब्याट्स म्यान विराट कोहलीलाई पछि पारेका छन् । उनीहरु क्रमश ५१ औ र ५० स्थानमा छन् ।

ब्याटिंग तर्फ  रोहित पौडेल भने ६ स्थान तल झरेर ६१ औ स्थानमा पुगेका छन् । आशिफ शेख २० स्थान माथि उक्लिएर ६९ औ स्थानमा पुगेका छन् ।

बलिंग तर्फ ऐरी २७ स्थान माथि उक्लिएर ९६ औ स्थानमा उक्लिएका छन् । सोमपाल कामी ८ स्थान बाँकि उक्लिएर ९१ औ स्थानमा उक्लिएका छन् । नेपालका अन्य कुनै खेलाडी उत्कृष्ट १०० मा परेका छैनन् । ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अर्थमन्त्री खनाल र निजी क्षेत्रबीच छलफल

अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाका...

नेप्सेमा सोलु हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोलु हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

फिच रेटिङले भन्यो ‘रास्वपा सरकार बनेपछि लगानी वातावरण थप अनुकूल बन्नसक्छ’

फिच रेटिङ्सले नेपालको हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र...

फेक ‘रेस्क्यु’मा संलग्न थप एक जना पक्राउ

 नेपाल प्रहरीले फेक ‘रेस्क्यु’मा संलग्न थप एक जनालाई पक्राउ...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका, एक्सचेन्ज क्याम्प सुरु

नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदी का...

२२.५ मेगावाटको माथिल्लो ठूलोखोला आयोजना निर्माण सम्पन्न, परीक्षण उत्पादन सुरु

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको...
spot_img