Friday, July 3, 2026
spot_img

 नाडा निर्वाचनसम्बन्धी रिट खारेज, नवनिर्वाचित कार्यसमितिलाई सपथको बाटो खुल्यो

spot_img

नाडाको हालै सम्पन्न निर्वाचन प्रक्रियासम्बन्धी विषयमा दायर गरिएको रिट निवेदन उच्च अदालत पाटनले खारेज गरेको छ।
अदालतमा बिचाराधिन अवस्थामा संस्थाले न्यायालयप्रतिको उच्च सम्मान तथा विधिको शासनप्रतिको संस्थाको
प्रतिबद्धतालाई मध्यनजर गर्दै नव–निर्वाचित कार्यसमितिको औपचारिक शपथग्रहण कार्यक्रम अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको थियो।

पाटन उच्च अदालतबाट रिट निवेदन खारेज भएको निर्णय प्राप्त भएसँगै उक्त विषयसँग सम्बन्धित सम्पूर्ण कानुनी अवरोध समाप्त भएको र नाडाको नव–निर्वाचित कार्यसमितिको शपथग्रहणका लागि मार्ग प्रशस्त भएको नाडाले जनाएको छ ।
नाडाको नव–निर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम संस्थाको विधान, विधि तथा स्थापित प्रक्रियाअनुसार निकट भविष्यमा सम्पन्न गरिने नाडाले जानकारी दिएको छ।

नाडाले अदालतको निर्णयप्रति सम्मान व्यक्त गर्दै उक्त निर्णयले सम्बन्धित विषयमा स्पष्टता ल्याएको तथा संस्थालाई आगामी दिनमा थप स्थिरता र एकताका साथ अघि बढ्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ। साथै, नाडाले सम्पूर्ण सदस्य, सरोकारवाला निकाय तथा साझेदार संस्थाहरूसँग सहकार्य गर्दै नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास, नीतिगत संवाद तथा उद्योगमैत्री वातावरण सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

तोलामै ७२ सयले बढ्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...

बालेन शाहको प्रस्तावः हरेक नेपालीलाई सैनिक तालिम

सरकारले चाहेको बेलामा जोसुकैलाई पनि सेवा दल (सैनिक तालिम)को...

अब पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना हुने

अब पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना हुने भएको...

माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड, १४२७६० जनाले पाए शेयर

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

माउण्ट एभरेष्ट पावरको आईपीओ आज बाँडफाँड हुँदै

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

स्थानीय तहको संख्या ब्यापक घटाउने सरकारको तयारी, यस्तो बन्यो मापदण्ड

२०७२ सालमा जारी भएको संविधान र त्यस यता कार्यान्वयनमा...
spot_img