एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सुरक्षित गर्ने आज कार्तिक २६ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि कार्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज कार्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।
कम्पनीले मङ्सिर ११ गतेदेखि हकप्रद निष्काशन गर्ने छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १०:६.२५६ को अनुपातमा अर्थात ६२.५६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले कुल ९६ लाख ३१ हजार २ सय २० दशमलव २२ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रवन्धकका रुपमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।













