Thursday, August 6, 2026
spot_img

ग्रीन भेन्चर्स लिमिटेडले हकप्रद निष्काशन गर्ने

spot_img

ग्रीन भेन्चर्स लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले पुस ३० गते बोलाएको साधारणसभामा हकप्रद प्रस्ताव पेश गर्न लागेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुंजीको १:१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा. लिको बहुमत शेयर खरिद गरेको थियो। ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा. लिको ५१ प्रतिशत संस्थापक शेयरहरु खरिद गर्ने सम्बन्धमा गत भदौ १० मा शेयर खरिद सम्झौता गरेको थियो। सो कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा. लि. ले म्याग्दी र मुस्ताङ्ग जिल्ला स्थित कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको अर्धजलाशययुक्त (Peaking Run of the River – PROR) कालीगण्डकी गर्ज हाइड्रोपावर प्रोजेक्टको विकास तथा निर्माण गरिरहेको छ ।

सोहि आयोजनामा लगानी गर्न कम्पनीले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।  सो आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन सक्ने छन्। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

३ जना संघीय मन्त्रीको उपस्थितिमा किसानका समस्याबारे छलफल

नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि...

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको...

ग्यास नपाए फोन गर्नू भन्दै उद्योग मन्त्रालयले सार्वजनिक गर्‍यो मोबाइल नम्बर

खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी भइरहेको...

लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ सुरु

आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र...
spot_img