खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । असोज २१ गते हकप्रद शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलले जनाएको छ।
कम्पनीले भदौ ३ देखि असोज ५ गतेसम्म १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको १०० प्रतिशतले हुन आउने ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँको ४६ लाख ५७ हजार १ सय ४३ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस हकप्रदमा रितपुर्वक आवेदन दिने आवेदकलाई ४१ लाख ९७ हजार ७ सय ९४ कित्ता शेयर बाँडफाँड गरिएको छ। यस संगै बिक्री नभएको ४ लाख ५९ हजार ३ सय ४९ कित्ता लिलाममा आउने छ।
नेपाल धितोपत्र बोर्डले असार १० गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।











