Saturday, June 20, 2026
spot_img

छ्याङ्दी हाइड्रोको हकप्रद बाँडफाँड, २ लाख ९८ हजार कित्ता शेयर १४ गतेदेखि लिलाम हुने

spot_img
spot_img

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले साउन ५ गते शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार हकप्रदमा रितपुर्वक आवेदन दिने २७ हजार ५ सय ३४ जना आवेदकलाई ३५ लाख ७० हजार ९ सय ४३ कित्ता हकप्रद शेयर बाँडफांड गरिएको छ। माग भन्दा बढीको आवेदन दिनेलाई साउन ८ गतेदेखि पैसा फिर्ता गरिने क्यापिटलले जनाएको छ।

अब हकप्रदमा बिक्री नभएको २ लाख ९८ हजार ८ सय ३२ कित्ता शेयर साउन १४ गतेदेखि साउन २१ गतेसम्म लिलाममा आउने छ। शेयर लिलाम प्रक्रियाको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।

लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ ।

लिलामीको शेयरमा आवेदन दिने स्थान
लिलामीको शेयरमा आवेदन दिने स्थान

कम्पनीले जेठ २३ गतेदेखि असार २७ गतेसम्म हकप्रद बिक्री गरेको थियो ।  कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशतले हुन आउने ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।  नेपाल धितोपत्र बोर्डले वैशाख १२ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...
spot_img