सयपत्री हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले एनआईएमबि एस क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो ।
कम्पनीको गत मङ्सिर २ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो। कम्पनीले बैंकहरुको ऋण भुक्तानी गर्ने र दरम खोला ए जलविद्युत आयोजनाको मर्मत सुधारको लागि प्रयोजनको लागि चुक्ता पुँजीको १:१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने तयारी गरेको हो।
विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।













