हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असार २४ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १:०.५ को अनुपातमा ५० प्रतिशतले हुन आउने ५३ करोड २७ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको ५३ लाख २७ हजार ८५ कित्ता शेयर निष्काशन गर्न बोर्डको अनुमति माग गरेको हो। अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।
शेयर निष्काशनको लागि ग्लोवल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।













