खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीले हकप्रद निष्काशनको लागि असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस संगै असार २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद पाउन सक्ने छन् ।
नेपाल धितोपत्र बोर्डले असार १० गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो। कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको १०० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो। अब कम्पनीले ४६ करोड ५७ लाख १४ हजार३ सय रुपैयाँको ४६ लाख ५७ हजार १ सय ४३ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
शेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ।