सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंगले असार १२ गते शेयर बाँडफाँड गरेको हो।
कम्पनीका अनुसार हकप्रदमा रितपूर्वक आवेदन दिने ३ लाख ९० हजार ३ सय ५० जना शेयरधनीलाई १ करोड ४ लाख ७१ हजार ५ सय ९२ कित्ता शेयर बाँडफाँड गरिएको छ। अब बिक्री नभएको २ लाख २४ हजार ७ सय २८ कित्ता शेयर लिलाममा आउने छ।
कम्पनीले वैशाख ३० देखि असार ३ गतेसम्म १:०.२७ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २७ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।













