पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १:०.५० को अनुपातमा हाल कायम चुक्ता पुंजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो।
कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँको ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। हकप्रदमा साउन ११ गतेसम्म आवेदन दिन सकिने छ।
कम्पनीले हकप्रद निष्काशनको लागि असार २ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले जेठ २ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।













