नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले जेठ ७ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।
कम्पनी १०:४ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ४० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो। अब कम्पनीले ६५ करोड ७६ लाख ९३ हजार ७ सय ७६ रुपियाँ बराबरको ६५ लाख ७६ हजार ९ सय ३७ दशमलव ७६ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
शेयर निष्काशनको लागि एनआईएम एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।













