एशियन लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज वैशाख २६ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।
कम्पनी १:०.४२ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ४२ प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो। अब कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २ सय ४८ रुपैयाँको १ करोड ४२ लाख ७९ हजार ३ सय १२ दशमलव ४८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।