बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले फागुन १२ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ। धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीको २०८१ जेठ ३० मा सम्पन्न विशेष साधारणसभाले हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।













