Tuesday, April 21, 2026
spot_img
spot_img

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद निष्काशन गर्ने

spot_img
spot_img

नेको इन्स्योरेन्स लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १:०.२५ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीले ५० करोड ३० लाख ९० हजार १ सय ५५ रुपैयाँको ५० लाख ३० हजार ९ सय १ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। यस निष्काशनमा लगानीकर्ताले फागुन २८ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीले हकप्रद निष्काशनको लागि माघ १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकोले माघ १७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले पुस ९ गते हकप्रद निष्काशनको अनुमति प्रदान गरेको थियो । हकप्रद शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img