लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को हकप्रदमा आवेदन दिने आज पुस १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले मङ्सिर १२ गतेदेखि हकप्रद बिक्री खुला गरेको थियो।
कम्पनीले १ः०.८८४५ को अनुपातमा ८८.४५ प्रतिशतले हुन आउने २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। कम्पनीले हकप्रद निष्काशनको लागि कार्तिक ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले कार्तिक ८ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असोज १४ गते हकप्रद निष्काशनको लागि स्वीकृति दिएको थियो। हकप्रद शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।













