Wednesday, June 24, 2026
spot_img

आम्दानी ९३१ प्रतिशतले बढेपछि नेपाल वेयरहाउजीङ कम्पनीको घाटा घट्यो

spot_img
spot_img

नेपाल वेयरहाउजीङ कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिस्कृति वित्तीय विवरण प्रकाशन गरेको छ। विवरण अनुसार यस अवधिमा कम्पनीको आम्दानी ९३१.६१ प्रतिशतले बढेको छ ।

पहिलो त्रैमासमा कम्पनीले ९३ लाख १६ हजार रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको कुल आम्दानी ९ लाख ८ हजार रुपैयाँ मात्रै थियो ।

आम्दानी बढे पनि कम्पनीको खर्च बढ्दा कम्पनी भने खुद घाटा मै रहेको छ। यस अवधिमा कम्पनीको खुद घाटा २ करोड २४ लाख रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीले घाटा कम गरेको देखिन्छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद घाटा २ करोड ९९ लाख रहेको थियो । पहिलो त्रैमासको अवधिमा कम्पनीले १ करोड ५५ लाख ब्याज तिरेको छ।

पहिलो त्रैमासमा कम्पनीको प्रति शेयर आम्दानी ऋणात्मक ४.१२ रुपैयाँ, प्रति शेयर नेटवर्थ ऋणात्मक ८५.२५ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुंजी ६८ करोड ७५ लाख रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img