नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १३.६३ प्रतिशतले बढेको छ।
पहिलो त्रैमासमा कम्पनीले ३० करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २६ करोड ४८ लाख रुपैयाँ थियो ।
कम्पनीको कुल आम्दानी ४५ करोड ९१ लाखबाट बढेर ५१ करोड ७० लाख पुगेको छ।कम्पनीको ब्याज आम्दानी ३.७९ प्रतिशत घटे पनि सेवा शुल्क तथा कमिशन आम्दानी १८.८६ प्रतिशत बढ्दा खुद नाफा बढेको देखिन्छ ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १९ रुपैयाँ ८७ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १५७ रुपैयाँ ४२ पैसा रहेको छ। कम्पनीको चुक्ता पुंजी ६ अर्ब ५ करोड रहेको छ ।












