चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मल्टीपर्पस फाइनान्सको खुद नाफा १२४.५३ प्रतिशतले बढेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ४७ लाख खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ६५ लाख ८० हजार थियो ।
कम्पनीको खुद ब्याज आम्दानी १८.५१ प्रतिशतले बढेर २ करोड ३१ लाख पुगेको छ।कम्पनीले अन्य संचालन आम्दानी शिर्षकमा १ करोड ७८ लाख आम्दानी गरेको छ। यस अवधिमा कम्पनीले इम्पेयरमेन्ट चार्ज अन्तर्गत ९८ लाख ७३ हजार रिभर्स गरेको छ। यी कारणले कम्पनीको खुद नाफा बढेको हो ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ९.६९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ११५.७३ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ४.९७ प्रतिशत रहेको छ।
६१ करोड २ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ६ करोड ६१ लाख रहेको छ। यस अवधिमा कम्पनीले २ अर्ब २९ करोड निक्षेप संकलन गरेको छ भने १ अर्ब ५३ करोड कर्जा प्रवाह गरेको छ।












