Wednesday, June 24, 2026
spot_img

८९ प्रतिशतले बढ्यो हिमालयन डिस्टिलरीको खुद नाफा, अब माल्ट उत्पादन गर्ने

spot_img
spot_img

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन डिस्टिलरीको खुद नाफा ८९ प्रतिशत बढेको छ।  कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १९ करोड ८८ लाख रहेको छ।  अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १० करोड ५१ लाख मात्रै थियो ।

कम्पनीको बिक्री आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो । कम्पनीको बिक्री आम्दानी ९७ करोड १८ लाखबाट बढेर १ अर्ब ४८ करोड ६६ लाख पुगेको छ।

कम्पनीको प्रति शेयर आम्दानी पनि १५ रुपैयाँ ७५ पैसाबाट बढेर २९ रुपैयाँ ७७ पैसा पुगेको छ।  २ अर्ब ६७ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ८८ करोड ९६ लाख रहेको छ।

कम्पनीले अब माल्ट उत्पादन गर्ने जनाएको छ। कम्पनीका अनुसार उद्योगको कारखाना परिसरमा Malt Distillation Unit को मेशिनरी जडान कार्य समाप्त भई उत्पादनको पूर्व परिक्षण गर्ने तयारी अवस्थामा रहेको छ । जडान गरिएको Malt Distillation Unit बाट Malt Spirit उत्पादनका लागि सम्बन्धित निकायबाट पूर्व स्विकृती लिई उत्पादन सुरु गर्ने प्रकृया अगाडी बढाएको कम्पनीले जनाएको छ । यस युनिट संचालनमा आए पश्चात् Malt Spirit आयात प्रतिस्थापन भई उद्योगबाट उत्पादन गरिने मदिराहरुको लागत कम हुने अपेक्षा कम्पनीको  छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img