Monday, February 17, 2025
spot_img

९३२ प्रतिशतले बढ्यो अपि पावरको खुद नाफा, विद्युत बिक्रीको आम्दानीमा उलेख्य वृद्धि

चालु आर्थिक वर्ष २०८०/८१ मा अपि पावर कम्पनीको खुद नाफा ९३२ प्रतिशतले बढेको छ। यस अवधिमा कम्पनीको खुद नाफा बढेर ४५ करोड ६५ लाख ८४ हजार पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ४ करोड ४२ लाख ३८ हजार थियो ।

यस अवाधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४४ करोड ६६ लाखबाट बढेर १ अर्ब २४ करोड ८६ लाख पुगेको छ। । यो १७९.५८ प्रतिशतको वृद्धि हो । कम्पनीले ४० मेगावाटको अपर चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत बिक्री गर्न थालेसंगै कम्पनीको विद्युत बिक्रीको आम्दानी उलेख्य बढेको हो।

कम्पनीको संचालन मुनाफा २३ करोड ६० लाखबाट बढेर ९४ करोड २४ लाख पुगेको छ । कम्पनीको कर अघिको नाफा ४ करोड ७१ लाखबाट बढेर ४५ करोड ७० लाख पुगेको छ।

नाफा संगै कम्पनीको प्रति शेयर आम्दानी पनि बढेको छ। कम्पनीको प्रति शेयर आम्दानी १ रुपैयाँ ७ पैसाबाट बढेर ७ रुपैयाँ ८९ पैसा कायम भएको छ। कम्पनीको प्रति शेयर नेटवर्थ १०१ रुपैयाँ २८ पैसाबाट बढेर १०९ रुपैयाँ ७३ पैसा पुगेको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७८ करोड रहेको छ।

अहिले कम्पनीले ३ वटा जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीले दार्चुलामा ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजना, दार्चुलामै ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना र दार्चुलामै ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना सुदूरपश्चिमकै ठूलो जलविद्युत आयोजना हो । यी ३ वटा जलविद्युत आयोजनामध्ये  ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाले आयोजना निर्माण गर्दा लिएको सम्पूर्ण ऋण तिरेर ऋण मुक्त भईसकेको छ ।

कम्पनीले ३ वटा सोलार आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । कम्पनीले ४ मेगावाट क्षमताको चन्द्रनिगाहपुर सोलार आयोजना, १ मेगावाटको ढल्केवर सोलार आयोजना, १ मेगावाटको सिमरा सोलार आयोजना निर्माण सम्पन्न गरिसकेको छ । यी ३ वटै आयोजना निर्माण गर्दा लागेको ऋण पनि कम्पनीले तिरेर अहिले कम्पनीका ३ वटै सोलार आयोजना ऋणमुक्त छन् ।

यस अघि : द्रुत गतिमा ‘ग्रोथ’ गर्दै अपि पावर: अब विद्युत व्यापारदेखि अपार्टमेन्ट निर्माणसम्मका योजना

- Advertisement -

spot_img

अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य अझै केही दिन अस्पताल मै

उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज...

बीमा प्राधिकरणमा उच्च तहका १० जना कर्मचारीको बढुवा सिफारिस, को को परे ?

नेपाल बीमा प्राधिकरणमा १० जना कर्मचारीको बढुवा सिफारिस भएको...

आजलाई पनि टर्यो गभर्नर अधिकारीको योग्यता विवादको मुद्दामा सुनुवाई

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतालाई लिएर परेको...

नाडा र नाडाका प्रादेशिक एसोसियशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका प्रादेशिक एसोसियशनबीच...

उपभोक्ता अदालतः ठगिएका उपभोक्ताले ‘न्याय’ पाउने ठाउँ

उपभोक्ता अधिकारकर्मीका अनुसार ठगिका मुद्दा र उजुरीमध्ये वस्तु, सेवा...

संसद बैठक बस्दै, भ्रष्टाचार निवारण विधेयक पारित गर्ने तयारी

आज सोमबार पनि संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दै...