Wednesday, June 24, 2026
spot_img

९३२ प्रतिशतले बढ्यो अपि पावरको खुद नाफा, विद्युत बिक्रीको आम्दानीमा उलेख्य वृद्धि

spot_img
spot_img

चालु आर्थिक वर्ष २०८०/८१ मा अपि पावर कम्पनीको खुद नाफा ९३२ प्रतिशतले बढेको छ। यस अवधिमा कम्पनीको खुद नाफा बढेर ४५ करोड ६५ लाख ८४ हजार पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ४ करोड ४२ लाख ३८ हजार थियो ।

यस अवाधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४४ करोड ६६ लाखबाट बढेर १ अर्ब २४ करोड ८६ लाख पुगेको छ। । यो १७९.५८ प्रतिशतको वृद्धि हो । कम्पनीले ४० मेगावाटको अपर चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत बिक्री गर्न थालेसंगै कम्पनीको विद्युत बिक्रीको आम्दानी उलेख्य बढेको हो।

कम्पनीको संचालन मुनाफा २३ करोड ६० लाखबाट बढेर ९४ करोड २४ लाख पुगेको छ । कम्पनीको कर अघिको नाफा ४ करोड ७१ लाखबाट बढेर ४५ करोड ७० लाख पुगेको छ।

नाफा संगै कम्पनीको प्रति शेयर आम्दानी पनि बढेको छ। कम्पनीको प्रति शेयर आम्दानी १ रुपैयाँ ७ पैसाबाट बढेर ७ रुपैयाँ ८९ पैसा कायम भएको छ। कम्पनीको प्रति शेयर नेटवर्थ १०१ रुपैयाँ २८ पैसाबाट बढेर १०९ रुपैयाँ ७३ पैसा पुगेको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७८ करोड रहेको छ।

अहिले कम्पनीले ३ वटा जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीले दार्चुलामा ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजना, दार्चुलामै ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना र दार्चुलामै ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना सुदूरपश्चिमकै ठूलो जलविद्युत आयोजना हो । यी ३ वटा जलविद्युत आयोजनामध्ये  ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाले आयोजना निर्माण गर्दा लिएको सम्पूर्ण ऋण तिरेर ऋण मुक्त भईसकेको छ ।

कम्पनीले ३ वटा सोलार आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । कम्पनीले ४ मेगावाट क्षमताको चन्द्रनिगाहपुर सोलार आयोजना, १ मेगावाटको ढल्केवर सोलार आयोजना, १ मेगावाटको सिमरा सोलार आयोजना निर्माण सम्पन्न गरिसकेको छ । यी ३ वटै आयोजना निर्माण गर्दा लागेको ऋण पनि कम्पनीले तिरेर अहिले कम्पनीका ३ वटै सोलार आयोजना ऋणमुक्त छन् ।

यस अघि : द्रुत गतिमा ‘ग्रोथ’ गर्दै अपि पावर: अब विद्युत व्यापारदेखि अपार्टमेन्ट निर्माणसम्मका योजना

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img