Thursday, August 6, 2026
spot_img

विद्युत बिक्रीको आम्दानीसँगै माउन्टेन इनर्जीको नाफा पनि बढ्यो, ईपीएस १६.८९ रुपैयाँ

spot_img

माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार चैत्र मसान्तसम्ममा कम्पनीको विद्युत बिक्रीको आम्दानी १७.०१ प्रतिशतले बढेर १ अर्ब ७ करोड ९७ लाख पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ९२ करोड २७ लाख थियो । कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ।

विद्युत बिक्रीको आम्दानी बढेसंगै यस अवधिमा कम्पनीको खुद नाफा पनि बढेको छ। कम्पनीको खुद नाफा १३.४५ प्रतिशतले बढेर ५२ करोड ७६ लाख पुगेको छ।  अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४६ करोड ५० लाख रुपैयाँ थियो।

यस अवधिमा कम्पनीले बीमा दाबीको ९ लाख रुपैयाँ पनि प्राप्त गरेको छ। कम्पनीको संचालन मुनाफा ३.८६ प्रतिशतले बढेर ६८ करोड ६३ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको ब्याज आम्दानी २ करोड ९० लाख रहेको छ । कम्पनीको ब्याज खर्च १८ करोड १७ लाखबाट घटेर १६ करोड १५ लाख कायम भएको छ ।   कम्पनीको कर अगाडीको नाफा भने ५४ करोड २८ लाख रहेको छ। विद्युत बिक्रीको आम्दानी बढेको तथा ब्याज खर्च घटेकोले कम्पनीको नाफा बढेको देखिन्छ ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भमा १ अर्ब ३१ करोड रहेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड थियो। कम्पनीले आर्थिक वर्ष २०८१/८२ बाट २० प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्ता पुँजी बढेको हो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १६.८९ रुपैयाँ रहेको छ। २० प्रतिशतले पुँजी बढ्दा पनि कम्पनीले १६.८९ रुपैयाँको ईपीएस कायम गर्न सफल भएको छ।  कम्पनीको प्रति शेयर नेटवर्थ १४२ रुपैयाँ २४ पैसा रहेको छ।

माउन्टेन इनर्जीको सहायक कम्पनीको रुपमा दुधखोला हाइड्रो पावर कम्पनी रहेको छ । यससंगै माउन्टेन इनर्जी होल्डिंङ कम्पनीको रुपमा परिणत भएकोले कम्पनीले पहिलो पटक समग्र ग्रुप कम्पनी र  माउन्टेन इनर्जीको छुट्टै वित्तीय विवरण सार्वजनिक गरेको छ ।  दुधखोला हाइड्रो पावर कम्पनीले मनाङमा  ६५ मेगावाट क्षमताको दुधखोला जलविद्युत आयोजना निर्माणको तयारी गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

पल्सरको २५ वर्ष: ल्यायो कथा सुनाएर Pulsar NS400Z जित्ने अवसर

पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले...

तथ्याङ्क नियमावली संशोधन, विद्यार्थीलाई शुल्कमा छुट

सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज साउन २० गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ७...

लगानी बोर्डको सीइओमा याङ्की उक्याव नियुक्त

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यावलाई नियुक्त...

इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया सुरु

सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी...

तातोपानी नाका अवरुद्दः कपडादेखि हाइड्रोका इक्वीपमेन्ट चीनतिरै रोकिए

चीनसँगको प्रमुख ब्यापारिक नाका ‘तातोपानी नाका’ असार अन्तिमदेखि बन्द...
spot_img