spot_img

७३.५४ प्रतिशतले बढ्यो आरएसडिसी लघुवित्तको खुद नाफा

spot_img

आरएसडिसी लघुवित्तले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीले ७ करोड ६६ लाख खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ७३.५४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४ करोड ४१ लाख खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी  भने ४.०१ प्रतिशत घटेर १० करोड ७६ लाख कायम भएको छ। त्यस्तै कम्पनीको संचालन आम्दानी १.७२ प्रतिशतले घटेर ११ करोड २१ लाख कायम भएको छ। यस अवधिमा कम्पनीले सम्भावित जोखिमको लागि छुट्याएको २ करोड ७३ लाख रुपैयाँ रिभर्स भएको छ। सो रकम रिभर्स हुँदा खुद ब्याज आम्दानी घटे पनि कम्पनीको संचालन नाफा ६९.४८ रुपैयाँले बढेर १० करोड ९६ लाख पुगेको छ।

कम्पनीको वितरणयोग्य मुनाफा पनि ८२.१६ प्रतिशतले बढेर ६ करोड ६८ लाख पुगेको छ। कम्पनीको वितरणयोग्य प्रति शेयर आम्दानी १२.९३ रुपैयाँ रहेको छ।

कम्पनीको प्रति शेयर नेटवर्थ १२५.१५ रुपैयाँ रहेको छ भने प्रति शेयर आम्दानी १४.८३ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा २.८४ रुपैयाँ रहेको छ।

१ अर्ब ३ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा २६ करोड २३ हजार रुपैयाँ  रहेको छ  ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...