हालै आईपीओ निष्काशन गरेको स्वस्तिक लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीले ३९ लाख ९१ हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी ७ लाख ८७ हजार खुद घाटामा थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २५१.५६ प्रतिशतले बढेर २ करोड ४ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल संचालन आम्दानी २१७.४९ प्रतिशतले बढेर २ करोड ३५ लाख पुगेको छ । यस अवधिमा कम्पनीले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गतको छुट्याएको रकम बढेर ७६ लाख १३ हजार पुगेको छ। कम्पनीको संचालन नाफा ५७ लाख १ हजार रुपैयाँ पुगेको छ।
कम्पनीको वितरणयोग्य मुनाफा १ करोड ८० लाख रुपैयाँ पुगेको छ । कम्पनीको वितरणयोग्य प्रति शेयर आम्दानी ३१.३१ रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २७.१३ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १५०.०३ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा १२.७६ प्रतिशत कायम भएको छ।
५ करोड ७७ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा १ करोड ८ लाख रुपैयाँ रहेको छ।
कम्पनीले हालै आईपीओ निष्काशन गरेकोमा गत कार्तिक २५ गतेदेखि कम्पनीको शेयर नेप्सेमा कारोबार भईरहेको छ ।











