कालिका लघुवित्तले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीले २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा १९.६३ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ७० लाख खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३१.२३ प्रतिशतले बढेर १० करोड ८७ लाख पुगेको छ। कम्पनीको कुल संचालन आम्दानी २५.४८ प्रतिशतले बढेर १२ करोड १९ लाख पुगेको छ । यस अवधिमा कम्पनीले सम्भावित जोखिमको लागि छुट्याएको रकम बढेर १ करोड १९ लाख पुगेको छ। कम्पनीको संचालन नाफा १९.४५ प्रतिशतले बढेर २ करोड ९० लाख पुगेको छ।
कम्पनीको वितरणयोग्य मुनाफा ८४.२३ प्रतिशतले बढेर ९६ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १९.६९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १९१.५१ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ४.२४ प्रतिशतबाट बढेर ६.४० प्रतिशत कायम भएको छ।
४० करोड ७६ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ३७ करोड ७० लाख रुपैयाँ रहेको छ।












