गुराँस लघुवित्तले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीले १ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ४२.५७ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड १ लाख खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३६.७३ प्रतिशतले बढेर ४ करोड २९ लाख पुगेको छ। यस अवधिमा कम्पनीले सम्भावित जोखिमको लागि छुट्याएको ९ लाख ९२ हजार रुपैयाँ रिभर्स गरेको छ। कम्पनीको संचालन आम्दानी १६.०२ प्रतिशतले बढेर ४ करोड ७८ लाख पुगेको छ । कम्पनीको संचालन नाफा ३९.५४ प्रतिशतले बढेर २ करोड २ लाख पुगेको छ।
कम्पनीको वितरणयोग्य मुनाफा ६४ लाख २ हजार रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५०.०२ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १७२.१८ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ३.१३ प्रतिशत कायम भएको छ।
११ करोड ५८ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ८ करोड ३७ लाख रुपैयाँ रहेको छ।











