Wednesday, August 12, 2026
spot_img

नेप्सेमा रहेका ४ सिमेन्ट कम्पनीलाई ६ सूचकमा तुलना गर्दा कुनको अवस्था कस्तो ?

spot_img

शेयरबजारमा सूचीकृत ४ वटै सिमेन्ट कम्पनीले आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेका छन्। जसमा ४ वटा मध्ये ३ वटा कम्पनी खुद नाफामा देखिएका छन्।

खुद नाफाको तुलना सर्वोत्तम सिमेन्ट शिर्ष स्थानमा रहेको छ। यस अवधिमा सर्वोत्तम सिमेन्टले सर्वाधिक १ अर्ब ४५ लाख खुद नाफा कमाएको छ। त्यस्तै शिवम सिमेन्टले ७९ करोड ४१ लाख खुद नाफा कमाएको छ भने सोनापुर सिमेन्टले ६१ लाख ५० हजार खुद नाफा कमाएको छ।  घोराही सिमेन्ट भने ६६ करोड ३ लाख रुपैयाँ खुद घाटामा छ।

संचालन आम्दानीको तुलना गर्दा सर्वोत्तम सिमेन्टको संचालन आम्दानी सबैभन्दा धेरै ९ अर्ब ५५ करोड रहेको छ। शिवम सिमेन्टको संचालन आम्दानी ७ अर्ब ७६ करोड, घोराही सिमेन्टको संचालन आम्दानी ५ अर्ब ५ करोड तथा सोनापुर सिमेन्टको संचालन आम्दानी २ अर्ब ६१ करोड रहेको छ।

यी ४ सिमेन्ट कम्पनी मध्ये सर्वोत्तम सिमेन्टको प्रति शेयर आम्दानी सबैभन्दा धेरै २०.१९ रुपैयाँ रहेको छ भने शिवम सिमेन्टको प्रति शेयर आम्दानी १४.५५ रुपैयाँ रहेको छ। सोनापुर सिमेन्टको प्रति शेयर आम्दानी ०.२० रुपैयाँ रहँदा घोराही सिमेन्टको प्रति शेयर आम्दानी ऋणात्मक रहेको छ।

प्रति शेयर नेटवर्थ हेर्दा सर्वोत्तम सिमेन्टको प्रति शेयर नेटवर्थ २०२ रुपैयाँ रहेको छ भने सोनापुरको प्रति शेयर नेटवर्थ १९०.४९ रुपैयाँ छ।  त्यस्तै शिवम सिमेन्टको प्रति शेयर नेटवर्थ १८८.५७ रुपैयाँ छ भने घोराही सिमेन्टको प्रति शेयर नेटवर्थ १८८.४७ रुपैयाँ रहेको छ।

यी ४ कम्पनी मध्ये शिवम सिमेन्टको चुक्ता पुँजी सबैभन्दा धेरै ५ अर्ब ४५ करोड रहेको छ भने सर्वोत्तमको ४ अर्ब ७७ करोड रहेको छ।  त्यस्तै घोराहीको चुक्ता पुँजी ४ अर्ब ५६ करोड रहेको छ भने सोनापुरको चुक्ता पुँजी ३ अर्ब ७ करोड रहेको छ।

हेर्नुस् यी कम्पनीको चुक्ता पुँजी, खुदनाफा, संचालन आम्दानी, बिक्री लागत, ईपीएस र प्रति शेयर नेटवर्थको विवरण 

 

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ह्युन्डाईद्वारा नेपाल मै बनेको VENUE र VENUE N Line सार्वजनिक

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख सहयोग

कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

नाइमा एक्स्पोमा Proton e.MAS 5 , यस्ता छन् विशेषता

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा....

नाईमा एक्स्पोमा Ather 450X Overtones Series सार्वजनिक, स्टल भिजिट गर्दा स्कुटर जित्ने अवसर

वैद्य इनर्जी प्रा.लि. अन्तर्गत नेपालमा Ather Energy को आधिकारिक...

ICFC फाइनान्सद्वारा कर्णालीकी छात्रा शीता शाहीलाई शैक्षिक छात्रवृत्ति प्रदान

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले कर्णाली प्रदेशबाट काठमाडौं आई जोरपाटीस्थित चामुण्डा...
spot_img

This will close in 0 seconds