आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले कर्णाली प्रदेशबाट काठमाडौं आई जोरपाटीस्थित चामुण्डा माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत छात्रा शीता शाहीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ। शिक्षाको माध्यमबाट विद्यार्थीको क्षमता विकास तथा उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने उद्देश्यले आइ.सि.एफ.सि. फाइनान्सले छात्रा शीता शाहीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
आफ्नो जन्मस्थान कर्णाली प्रदेश भए पनि काठमाडौंमा रही अध्ययन गर्दै आएकी शीता शाहीलाई प्रदान गरिएको यस सहयोगले उनको शैक्षिक यात्रालाई थप सहज बनाउँदै उच्च शिक्षा तथा आगामी लक्ष्यतर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास लिएको फाइनान्सले जनाएको छ।
छात्रवृत्ति प्रदान गर्दै आइ.सि.एफ.सि. फाइनान्सले छात्रा शीता शाहीलाई उज्ज्वल भविष्यका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । साथै, आगामी दिनमा पनि अध्ययनमा निरन्तर मेहनत, लगनशीलता र समर्पणका साथ अघि बढ्दै उत्कृष्ट सफलता हासिल गर्न प्रोत्साहित गरेको छ।
उक्त छात्रवृत्ति वितरण कार्यक्रमा आइ.सि.एफ.सि. फाइनान्सका प्रबन्धक अच्युत पण्डित, बौद्ध शाखा प्रबन्धक अजय राज रेग्मी, बजार व्यवस्थापन प्रमुख सञ्जोक गुरुङ तथा बजार व्यवस्थापन अधिकृत सरिना श्रेष्ठ लगायत चामुण्डा माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू र सामाजिक अभियान्ता टेक राज शाहीको उपस्थितिमा सम्पन्न भएको थियो।
आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गत शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै आर्थिक तथा सामाजिक रूपमा सहयोगको आवश्यकता भएका विद्यार्थीको शैक्षिक विकासमा योगदान पु¥याउँदै आएको छ। कम्पनीले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा अन्य सामाजिक क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।










