Tuesday, August 11, 2026
spot_img

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख सहयोग

spot_img

कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि रु. १० लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग विशेषगरी हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा तथा उपकरण व्यवस्थापनमा उपयोग गरिने बैंकले जनाएको छ।

नेपाल सरकार अन्तर्गत सञ्चालन भइरहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र देशकै प्रमुख विशिष्टीकृत हृदय रोग उपचार केन्द्र मध्ये एक हो । केन्द्रले देशका विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रबाट उपचारका लागि आउने आर्थिक रूपमा विपन्न, सीमान्तकृत तथा जोखिममा रहेका नवजात शिशु तथा बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । बढ्दो बिरामी चाप र सघन उपचार सेवाको आवश्यकतालाई सम्बोधन गर्न उक्त सहयोग प्रदान गरिएको हो ।

कुमारी बैंकले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको विश्वास गर्दै आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वर्गलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न योगदान पुर्याउँदै आएको छ । यस सहयोगले नवजात शिशु तथा बालबालिकाको उपचार गुणस्तर अभिवृद्धि गर्न, जीवनरक्षा दर बढाउन तथा स्वास्थ्य सेवामा रहेको असमानता न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बैंकले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ह्युन्डाईद्वारा नेपाल मै बनेको VENUE र VENUE N Line सार्वजनिक

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

नाइमा एक्स्पोमा Proton e.MAS 5 , यस्ता छन् विशेषता

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा....

नाईमा एक्स्पोमा Ather 450X Overtones Series सार्वजनिक, स्टल भिजिट गर्दा स्कुटर जित्ने अवसर

वैद्य इनर्जी प्रा.लि. अन्तर्गत नेपालमा Ather Energy को आधिकारिक...

ICFC फाइनान्सद्वारा कर्णालीकी छात्रा शीता शाहीलाई शैक्षिक छात्रवृत्ति प्रदान

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले कर्णाली प्रदेशबाट काठमाडौं आई जोरपाटीस्थित चामुण्डा...

मनसुन सर्भिस क्याम्प गर्दै सिजी, गाडीको निशुल्क चेकजाँच

सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको अधिकृत...
spot_img

This will close in 0 seconds