महुली लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ११ करोड ४५ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा २५५ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३ करोड २१ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४३.०३ प्रतिशतले बढेर ३६ करोड ७२ लाख पुगेको छ। कम्पनीको कुल संचालन आम्दानी पनि ३६.३० प्रतिशतले बढेर ४१ करोड ९६ लाख पुगेको छ। कम्पनीको संचालन नाफा २३२ प्रतिशतले बढेर १६ करोड ३६ लाख रहेको छ ।
यस अवधिमा कम्पनीले सम्भावित जोखिमको लागि छुट्याएको इम्पेयरमेन्ट चार्ज अन्तर्गतको खर्च ३ करोड ७७ लाखबाट घटेर १ करोड ७७ लाख कायम भएको छ । कम्पनीको वितरणयोय मुनाफा १२ करोड ४१ लाख रहेको छ । कम्पनीको वितरणयोग्य प्रति शेयर रकम ३३.५७ रुपैयाँ रहेको छ, यसले कम्पनीको लाभांश क्षमता ३३.५७ प्रतिशत रहेको देखाउछ ।
कम्पनीको चुक्ता पुंजी ३६ करोड ९९ लाख रुपैयाँ रहेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा १४.७५ प्रतिशत बोनस शेयर दिएको थियो।
समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ९.९८ रुपैयाँबाट बढेर ३०.९६ रुपैयाँ पुगेको छ। कम्पनीको प्रति शेयर नेटवर्थ २१४.३९ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ४.८० प्रतिशत रहेको छ।












