Saturday, June 20, 2026
spot_img

३६.४२ प्रतिशतले बढ्यो कालिका लघुवित्तको खुद नाफा, लाभांश क्षमता कति ?

spot_img
spot_img

कालिका लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ।  प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १० करोड ८० लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा ३६.४२ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ७ करोड ९२ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५०.२९ प्रतिशतले बढेर ३८ करोड १० लाख पुगेको छ। कम्पनीको कुल संचालन आम्दानी  पनि ५७.९८ प्रतिशतले बढेर ४३ करोड ७८ लाख पुगेको छ। कम्पनीको संचालन नाफा ९५.८९ प्रतिशतले बढेर १५ करोड ४२ लाख रहेको छ । कम्पनीको वितरणयोय मुनाफा ६ करोड १९ लाख रहेको छ । कम्पनीको वितरणयोग्य प्रति शेयर रकम १५.१९ रुपैयाँ रहेको छ, यसले कम्पनीको लाभांश क्षमाता १५.१९ प्रतिशत रहेको देखाउछ ।

४० करोड ७६ लाख चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा ३५ करोड २४ लाख रहेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २१.२८ रुपैयाँबाट बढेर २६.५१ रुपैयाँ पुगेको छ। कम्पनीको प्रति शेयर नेटवर्थ १८६.४४ रुपैयाँ रहेको छ। कम्पनीको  खराब कर्जा ४.६७ प्रतिशत रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img