सपोर्ट लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ५ करोड ११ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा १४०.६३ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २ करोड १२ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६२.९७ प्रतिशतले बढेर १३ करोड ५२ लाख पुगेको छ। कम्पनीको संचालन आम्दानी पनि ५५.६८ प्रतिशतले बढेर १६ करोड ४२ लाख पुगेको छ। कम्पनीको संचालन नाफा २०९.५९ प्रतिशतले बढेर ७ करोड ९६ लाख रहेको छ ।
१२ करोड २४ लाख चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा ८ करोड ५२ लाख रहेको छ। यस अवधि कम्पनीले ४६ करोड १५ लाख निक्षेप संकलन गरेको छ भने १ अर्ब ९२ करोड कर्जा प्रवाह गरेको छ। कम्पनीले १ अर्ब ३३ करोड विभिन्न बैंकबाट सापटी लिएको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७.३८ रुपैयाँबाट बढेर ४१.८१ रुपैयाँ पुगेको छ। कम्पनीको प्रति शेयर नेटवर्थ १६९.६२ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा १.५८ प्रतिशत रहेको छ।












