Tuesday, June 23, 2026
spot_img

८३ प्रतिशतले बढ्यो ओम मेगाश्री फर्मासुटिकल्सको खुद नाफा

spot_img
spot_img

हालै मात्र नेप्सेमा सूचीकृत भएको ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ८३.०८ प्रतिशतले बढेको छ।

तेस्रो त्रैमासको अवधिमा कम्पनीले ७५ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४१ लाख २९ हजार रुपैयाँ मात्रै थियो।

यस अवधिमा कम्पनीले व्यवसाय संचालनबाट २१ करोड ४८ लाख आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको व्यवसाय संचालनको आम्दानी १३ करोड ६० लाख रुपैयाँ थियो ।

कम्पनीको चुक्ता पुँजी ६० करोड रहेको छ भने रिजर्भमा ६ करोड २४ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १.६८ रुपैयाँ रहेको छ भने  प्रति शेयर  नेटवर्थ १०३.५४ रुपैयाँ रहेको छ।

कम्पनीले WHO – GMP प्रमाणीकरण, आइ एण्ड इयर ड्रप, भेट उत्पादन विस्तारका साथै कम्पनीको वृद्धि एवम् विकासका निम्ति आवश्यक योजना र सोको उचित कार्यान्वय प्रक्रिया अगाडि बढाइएको जनाएको छ । यस कम्पनीले विभिन्न औषधि उत्पादन गरिरहेको । ओम मेगाश्री हाल नेप्सेमा सूचीकृत  एक मात्र औसधि उत्पादक कम्पनी हो ।

 

spot_img
spot_img

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सानिगाड हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

सानिगाड हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

रास्वपाको महाधिवेशनका कारण धितोपत्र बोर्ड अध्यक्षको पदबहालीमा ढिलाई

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...
spot_img