Tuesday, June 23, 2026
spot_img

६८८ प्रतिशतले बढ्यो अपि पावरको खुदनाफा, ईपीएस पनि बढ्यो

spot_img
spot_img

अपि पावर कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ६८८.९४ प्रतिशतले बढेको छ।

तेस्रो त्रैमासको अवधिमा कम्पनीले ३५ करोड ३४ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४ करोड ४८ लाख मात्रै थियो।

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब १९ करोड ९७ लाख आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २५.७७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ९५ करोड १८ लाख रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीको ब्याज खर्च ४६ करोड ९३ लाखबाट घटेर ४५ करोड ८८ लाख कायम भएको छ । त्यस्तै कम्पनीले गरेका लगानीको फेयर भ्यालु गेन बढेर २२ करोड ४४ लाख पुगेको छ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी ६ अर्ब ७ करोड रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४.२५ रुपैयाँबाट बढेर ७.७६  रुपैयाँ पुगेको छ भने प्रति शेयर  नेटवर्थ १०५.२० रुपैयाँबाट बढेर १०९ रुपैयाँ ८५ पैसा पुगेको छ।

कम्पनीले विभिन्न ६ वटा जलविद्युत र सोलार आयोजना निर्माण सम्पन्न गरि नियमित विद्युत उत्पादन गरिरहेको छ। कम्पनीले निर्माण सम्पन्न गरि नियमित विद्युत उत्पादन गरिरहेका आयोजनामा ८.५ मेगावाटको नौगड गाड आयोजना, ८ मेगावाटको अप्पर नौगड गाड आयोजना, ४ मेगावाटको चन्द्रनिगाहपुर् सोलार, १ मेगावाटको ढल्केवर सोलार, १ मेगावाटको सिमरा सोलार र ४० मेगावाटको माथिल्लो चमेलिया हाइड्रोपावर रहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सानिगाड हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

सानिगाड हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

रास्वपाको महाधिवेशनका कारण धितोपत्र बोर्ड अध्यक्षको पदबहालीमा ढिलाई

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...
spot_img