बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १५.२४ प्रतिशतले बढेको छ।
तेस्रो त्रैमासको अवधिमा कम्पनीले २१ करोड ५६ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १८ करोड ७१ लाख मात्रै थियो।
यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५५ करोड ८७ लाख ३५ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २.७६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ५४ करोड ३७ लाख रुपैयाँ थियो ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ६.१७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ २०७ रुपैयाँ ६० पैसा रहेको छ।












