हिमालय उर्जा विकास कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। विवरण अनुसार यस अवधिमा कम्पनीको नाफामा गएको छ ।
तेस्रो त्रैमासको अवधिमा कम्पनीले ३ करोड ४९ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी ११ करोड १५ लाख खुद घाटामा थियो।
यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १८ करोड ३१ लाखबाट बढेर ३१ करोड ६५ लाख पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ७२.९ प्रतिशत बढी हो।
यस अवधिमा कम्पनीको ब्याज खर्च २१ करोड ९८ लाखबाट घटेर १३ करोड ९० लाख कायम भएको छ। विद्युत बिक्रीको आम्दानी बढेको, ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफामा गएको देखिन्छ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड भने रिजर्भ १८ करोड ८४ लाख रुपैयाँले ऋणात्मक रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १.७६ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ९० रुपैयाँ ४८ पैसा रहेको छ।












