Monday, January 19, 2026
spot_img

नाफामा गयो सानिमा मिडिल तमोर हाइड्रो, विजुली बेचेर १ अर्ब ३८ करोड आम्दानी

spot_img
spot_img

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनी नाफामा गएको छ ।

यस अवधिमा कम्पनीले २१ करोड १४ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी २ करोड ९५ लाख घाटामा थियो। यस अवधिमा कम्पनीले विद्युत बिक्री थालेपछि कम्पनी नाफामा गएको हो । कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ३८ करोड आम्दानी गरेको छ। विद्युत बिक्री सुरु गरेर आम्दानी हुन थालेसंगै कम्पनीले ब्याज पनि तिर्न थालेको छ। यस अवधिमा कम्पनीले ६ करोड १ लाख ब्याज तिरेको छ।

३ अर्ब ३३ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिटेन अर्निंग १३ करोड ८४ लाख रहेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ ३४  पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १०४  रुपैयाँ १७ पैसा रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

म काम गर्ने मानिस हुँ, मलाई काम गर्ने मौका दिनुस्: बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह...

चुनाव लड्न सञ्चारमन्त्री जगदीश खरेलले दिए राजीनामा

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पदबाट राजीनामा दिएका...

समानुपातिकतर्फको बन्दसूची प्रकाशन: ५७ चिन्ह, ६३ दल, ३२१३ जना उम्मेदवार

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।...

दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रहरीले उनलाई...

WOW Popcorn को ८ वर्ष पुरा, भारतीय बजारमा रणनीतिक प्रवेशको घोषणा

नेपालको पपकर्न ब्रान्ड WOW Popcorn ले आफ्नो ८औं वार्षिकोत्सवको...

धितोपत्र बोर्डले शर्त सहित घटायो म्युचुअल फण्डमा राख्नु पर्ने बीज पुँजी

नेपाल धितोपत्र बोर्डले सामुहिक लगानी कोष योजनामा योजना व्यवस्थापकले...
spot_img
spot_img