सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनी नाफामा गएको छ ।
यस अवधिमा कम्पनीले २१ करोड १४ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी २ करोड ९५ लाख घाटामा थियो। यस अवधिमा कम्पनीले विद्युत बिक्री थालेपछि कम्पनी नाफामा गएको हो । कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ३८ करोड आम्दानी गरेको छ। विद्युत बिक्री सुरु गरेर आम्दानी हुन थालेसंगै कम्पनीले ब्याज पनि तिर्न थालेको छ। यस अवधिमा कम्पनीले ६ करोड १ लाख ब्याज तिरेको छ।
३ अर्ब ३३ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिटेन अर्निंग १३ करोड ८४ लाख रहेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ ३४ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १०४ रुपैयाँ १७ पैसा रहेको छ।