Sunday, May 25, 2025
spot_img

५७९६ प्रतिशतले बढ्यो अरुण भ्याली हाइड्रोको नाफा

spot_img
spot_img

अरुण भ्याली हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ५७९६.६  प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले ३४ करोड १८ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ५७ लाख ९५ हजार थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ६ करोड १ लाखबाट बढेर  १९ करोड ७४ लाख पुगेको छ । कम्पनीको अन्य आम्दानी पनि २३ करोड ५९ लाखबाट बढेर ३४ करोड ८७ लाख पुगेको छ।

यस अवधिमा कम्पनीको ब्याज खर्च १४  करोड ८५ लाखबाट घटेर ३  करोड ९ मात्र कायम भएको छ। कम्पनीको चुक्ता पुंजी ३ अर्ब ८४  करोड रहेको छ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ११  रुपैयाँ ८५  पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १०९  रुपैयाँ ५६ पैसा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img