Saturday, June 20, 2026
spot_img

१७१ प्रतिशतले बढ्यो गणपति लघुवित्तको खुद नाफा

spot_img
spot_img

गणपति लघुवित्तले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १७१.७१ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले २ करोड ३३ लाख १०  हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ८५ लाख ७९ हजार मात्रै थियो। यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३७३.२८ प्रतिशतले बढेर १२ करोड १ लाख पुगेको छ।

कम्पनीले सभावित जोखिमको इम्पेयरमेन्ट चार्ज अन्तर्गत छुट्याएको रकम ६३.५६ प्रतिशतले घटेर ६४ लाख ४३ हजार कायम भएको छ । खुद ब्याज आम्दानी बढ्दा र इम्पेयरमेन्ट चार्जको रकम घट्दा कम्पनीको नाफा उल्लेख्य बढेको देखिन्छ ।

१५ करोड १५ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ८ करोड ४ लाख रुपैयाँ रहेको छ। कम्पनीको वितरणयोग्य मुनाफा ८४ लाख १७ हजार रहेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २० रुपैयाँ ५१ पैसा पुगेको छ भने प्रति शेयर नेटवर्थ १६४.८० रुपैयाँ पुगेको छ । कम्पनीको खराब कर्जा भने ४.९४ प्रतिशतबाट बढेर ५.९४ प्रतिशत पुगेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...
spot_img