Sunday, May 25, 2025
spot_img

१७१ प्रतिशतले बढ्यो गणपति लघुवित्तको खुद नाफा

spot_img
spot_img

गणपति लघुवित्तले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १७१.७१ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले २ करोड ३३ लाख १०  हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ८५ लाख ७९ हजार मात्रै थियो। यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३७३.२८ प्रतिशतले बढेर १२ करोड १ लाख पुगेको छ।

कम्पनीले सभावित जोखिमको इम्पेयरमेन्ट चार्ज अन्तर्गत छुट्याएको रकम ६३.५६ प्रतिशतले घटेर ६४ लाख ४३ हजार कायम भएको छ । खुद ब्याज आम्दानी बढ्दा र इम्पेयरमेन्ट चार्जको रकम घट्दा कम्पनीको नाफा उल्लेख्य बढेको देखिन्छ ।

१५ करोड १५ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ८ करोड ४ लाख रुपैयाँ रहेको छ। कम्पनीको वितरणयोग्य मुनाफा ८४ लाख १७ हजार रहेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २० रुपैयाँ ५१ पैसा पुगेको छ भने प्रति शेयर नेटवर्थ १६४.८० रुपैयाँ पुगेको छ । कम्पनीको खराब कर्जा भने ४.९४ प्रतिशतबाट बढेर ५.९४ प्रतिशत पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img