चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा समृद्धि फाइनान्सले खुद घाटा कम गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद घाटा ६ करोड ९३ लाख रहेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको घाटा कम भएर ३ करोड ५७ लाखमा झरेको छ। कम्पनीको घाटा ४८.५३ प्रतिशतले कम भएको हो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५ करोड ३२ लाखबाट बढेर ५ करोड ६४ लाख पुगेको छ। त्यस्तै कुल संचालन आम्दानी ६ करोड २३ लाखबाट बढेर ७ करोड २० लाख पुगेको छ। कम्पनीले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गत छुट्याएको रकम ४ करोड १२ लाखबाट घटेर २ करोड ५२ लाख कायम भएको छ। यिनै कारण कम्पनीको खुद घाटा कम भएको देखिन्छ।
यस अवधिमा कम्पनीको वितरण योग्य मुनाफा भने ६८ करोड ४९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५.८१ रुपैयाँ ऋणात्मक रहेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर नेटवर्थ ५३ रुपैयाँ ६३ पैसा रहेको छ। कम्पनीको खराब कर्जा १६.४२ प्रतिशत रहेको छ।
८१ करोड ८९ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा २८ करोड ५४ लाख रहेको छ।













