Tuesday, June 23, 2026
spot_img

नेपाल एसबिआई बैंकको खुद नाफा १ अर्ब २० करोड, वितरणयोग्य कति ?

spot_img
spot_img

चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा नेपाल एसबिआई बैंकको खुद नाफा ३.३६ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकले १ अर्ब २० करोड खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा १ अर्ब १६ करोड मात्रै थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५७ करोडबाट घटेर ३ अर्ब ५३ करोड पुगेको छ। बैंकको संचालन आम्दानी भने ४ अर्ब ५४ करोडबाट बढेर ४ अर्ब ६४ करोड पुगेको छ।

यस अवधिमा बैंकले सम्भावित जोखिमको लागि छुट्याएको इम्पेयरमेन्ट चार्ज शिर्षकको खर्च ८० करोडबाट घटेर ७२ करोड ५८ लाख कायम भएको छ। यस कारण बैंकको खुद ब्याज आम्दानी घटे पनि खुद नाफा बढेको देखिन्छ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५ करोड रुपैयाँ रहेको छ।  बैंकको वितरणयोग्य प्रति शेयर आम्दानी ११ रुपैयाँ १० पैसा रहेको छ । बैंकको प्रति शेयर आम्दानी १४.७२ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १८३ रुपैयाँ ८ पैसा रहेको छ।

१० अर्ब ८९ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ८ अर्ब रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img