चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा नबिल बैंकको खुद नाफा ८.२१ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकले ५ अर्ब ५ करोड खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा ४ अर्ब ६६ करोड मात्रै थियो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ५५ करोडबाट घटेर १२ अर्ब ५ करोड पुगेको छ। बैंकको संचालन मुनाफा भने १४.०३ प्रतिशतले बढेर ७ अर्ब ६२ करोड पुगेको छ ।
यस अवधिमा बैंकले सम्भावित जोखिमको लागि छुट्याएको इम्पेयरमेन्ट चार्ज शिर्षकको खर्च ३ अर्ब २३ करोडबाट घटेर २ अर्ब २९ करोड मात्र कायम भएको छ। यस कारण बैंकको खुद ब्याज आम्दानी घटे पनि खुद नाफा बढेको देखिन्छ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड रुपैयाँ रहेको छ। बैंकको प्रति शेयर आम्दानी २४.८९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ २२६ रुपैयाँ ३६ पैसा रहेको छ।
२७ अर्ब ५ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ३१ अर्ब ३१ करोड रहेको छ।












