मितेरी डेभलपमेन्ट बैंक चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बनेको हो । कम्पनीले वैशाख ३ गते विवरण सार्वजनिक गरेको हो ।
प्रकशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३५.४१ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ९ करोड २४ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ६ करोड ८२ लाख रहेको थियो।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ३१.४४ प्रतिशतले घटेर १३ करोड २६ लाखमा सिमित भएको छ। तर कम्पनीले सम्भावित जोखिमको छुट्याएको ईम्पेयरमेन्ट चार्जको खर्च ९१.८५ प्रतिशतले घटेर २१ लाख ४८ हजार मात्र कायम भएको छ। अघिल्लो त्रैमासको यसै अवधिमा कम्पनीले सो शिर्षकमा २ करोड ६३ लाख रकम छुट्याएको थियो । यसै कारण कम्पनीको संचालन मुनाफा पनि ३५.४१ प्रतिशतले बढेर १३ करोड २० लाख पुगेको छ। कम्पनी वितरणयोग्य मुनाफा १००.५५ प्रतिशतले बढेर १० करोड ८३ लाख पुगेको छ।
यस अवधिमा कम्पनीको निक्षेप ३.९० प्रतिशतले घटेर ६.१७ अर्ब पुगेको छ भने ऋण प्रवाह २२.४४ प्रतिशतले बढेर ४.४५ अर्ब पुगेको छ। कम्पनीको खराब कर्जा २.६३ प्रतिशतबाट घटेर ०.६३ प्रतिशत कायम भएको छ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १० रुपैयाँ १३ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १३८ रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब २१ करोड रहेक छ भने रिजर्भमा ३५ करोड ४२ लाख रहेको छ।












